‘जति बस्छु राम्रो काम गर्छु, नराम्राे हुन दिन्नँ’



जनकपुरधाम :  नवनियुक्त प्रदेश २ प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले प्रदेश २ को शान्ति सुरक्षामा प्रहरी प्रतिबद्ध भएर लागिपर्ने बताएका छन् ।

 

पदभार ग्रहणपछि पहिलो पटक सञ्चारकर्मीसँग भेट गर्दै पालले अपराध र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने भन्दै उनले भने, ‘जति दिन बस्छु राम्रो गर्छु, नराम्रो हुन दिन्नँ ।’

 

जिल्ला प्रहरी कार्यालय धनुषामा उनले जनताप्रति जवाफदेही हुन र शान्ति सुरक्षाको निमित्त प्रतिबद्ध भई काम गर्न गराउन मातहतका सबै जिल्लालाई निर्देशन दिए । 

 

प्रतिक्रिया दिनुहोस्