म्यानमार सैन्य कू : सेनाको पाँच च्यालनल युट्युबले गर्‍यो डिलिट



एजेन्सी : युट्युबले म्यानमारको सेनाले सञ्चालन गरेका पाँच च्यानल डिलिट गरेको छ । गएको फेब्रुअरीमा निर्वाचित सत्ता हत्याएको सेनाले प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि बल प्रयोग गर्दै आएको छ ।

हिंसा बढ्दै गएपछि युट्युबले सेनाका च्यानल डिलिट गरेको हो । सामाजिक निर्देशिका उल्लंघन गरेका कारण पाँच च्यानल डिलिड गरिएको शुक्रबार युट्युबले बताएको हो ।

फेब्रुअरी १ मा सेनाले निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता हत्याएसँगै त्यसको विरोधमा प्रदर्शन हुँदै आएका छन् । प्रदर्शनकारीले सैनिक शासन अन्त्य हुनु पर्ने र नियन्त्रित नेताहरुलाई रिहा गरिनु पर्ने माग गरेका छन् ।

शुक्रबार भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर थप एकजनाको ज्यान गयो । अहिलेसम्म म्यानमारमा सुरक्षाकर्मीको ज्यादतीका कारण कम्तीमा ५५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्