मंगल ग्रहको सतहमा नासाको यानले थाल्यो अध्ययन



काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान पेर्सिवरेन्स रोवरले मंगल ग्रहको सतहमा अनुसन्धान सुरु गरेको छ ।
नासाका अनुसार रोवर मंगल ग्रहको सतहमा डुलेर त्यहाँको अध्ययन गर्न थालेको हो । तर अहिले सो यान निकै पर भने गएको छैन ।
यानले हालसम्म ६.५ मिटरको यात्रा तय गरेको जनाइएको छ । नासाका वरिष्ठ वैज्ञानिक केटी स्टेक मोर्गनले यो निकै ठूलो र महत्वपूर्ण उपलब्धी रहेको बताएका छन् ।
यानले अझै धेरै प्राविधिक परीक्षण पास गर्नु पर्ने भए पनि सीमित क्षेत्रको अध्ययन थालिनु ठूलो कुरा रहेको उनले बताएका छन् । यानमा जडित रबरको पांग्रा पूर्णरुपमा गुड्न थालेपछि अध्ययनले थप गति लिने वैज्ञानिकको भनाई छ ।
पेर्सिवरेन्स रोवर नासाले मंगल ग्रहको सतहमा अवतरण गराएको अहिलेसम्मकै सबैभन्दा तीव्र गतिको यान हो । आउँदो हप्ता रोवरले मंगल ग्रहको सतहका धेरै तस्बिर लिने अपेक्षा गरिएको छ । ती तस्बिरले वैज्ञानिकहरुलाई मंगल ग्रहबारे थप जान्ने अवसर प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्