अस्पतालले रोक लगायो प्रधानमन्त्रीसँगको भेटघाट [विज्ञप्तिसहित]



काठमाडौं: शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ। धेरै व्यक्ति सँगको सम्पर्कले संक्रमण बढ्न सक्ने बताउँदै अस्पतालले भेटघाटमा रोक लगाएको हो। 

 

मंगलबार दिउँसो अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ गराउनु आफुहरुको पहिलो प्राथमिकता रहेको बताउँदै भेटघाटमा रोक लगाएको हो।

 

‘शीघ्र स्वास्थ्य लाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकोले भेटघाटलाई प्रतिबन्ध गरिएको व्योहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौं’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

 

छातीमा संक्रमण देखिएपछि कात्तिक १२ गते शिक्षण अस्पताल भर्न भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सुधार हुँदै गएको अस्पतालले बताएको छ। 

यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्