सर्वोच्चको फैसलापछि प्रचण्ड–नेपाल समूह छलफलमा, ओलीले बोलाए संसदीय दलको बैठक



काठमाडौँ । सर्वोच्च अदातलको आइतबारको फैसलापछि नेकपा दाहाल–नेपाल समूह कानुनविद्हरुसँग छलफलमा जुटेका छन् । अदालतको फैसलापछि कानुनविद्हरुसँग सिंहदरबारमा छलफलमा रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अदालतले नेकपाको नाम सम्बन्धी मुद्दामा नेकपाको एकीकरण नै खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादीलाई ब्यूँताइदिएर राजनीतिक जटिलता बढाएको छ ।
यस्तै, सवोच्च अदालतको फैसलाको विषयमा छलफल गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । ्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । पछिल्लो विकसित घटनाक्रमपछि ओलीले आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्