सभामुख सापकोटाप्रति प्रधानमन्त्री ओलीको आक्रोश



काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाप्रति आक्रोश पोखेका छन् । आफनो समूहको आइतबार साँझ बसेको संसदीय दलको बैठकमा ओलीले सभामुखले सरकारको विरोधीसँग मिलेर सरकार चलाउन खोजेको आरोप लगाए ।
‘सभामुखले सरकार विरोधीसँग मिलेर सरकार चलाउन खोज्नुभयो । प्रधानमन्त्रीसँग सल्लाह लिनुभएन । सरकारको विरोध गर्दै अघि बढेको संसद् र सभामुखको गरिमाको गम्भीर उल्लघन गर्नुभयो,’ बैठकका ओलीले भने । ‘सरकारको विरुद्धमा बोल्ने व्यक्तिलाई प्राथमिकतामा राखियो’, सभामुखप्रति आक्रोश व्यक्त गर्दै ओलीले भने, ‘सभामुखबाट पक्षपातपूर्ण व्यवहार गरियो । कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएन ।’
ओलीले सर्वोच्चको फैसला मान्ने तर फैसलाले अराजकता सिर्जना गरेको पनि टिप्पणी गरे । उनले कम्युनिस्ट एकताको विपक्षामा फैसला आएको बैठकमा बताए ।
ओलीले संसदमा प्रचण्ड समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिए संसदमा विश्वासको मत लिने उल्लेख गरे । ‘प्रचण्डले समर्थन फिर्ता लिने होलान्, र पनि सरकारको लागि आवश्यक समर्थन जुटाउन सक्छौँ’,ओलीले भने ।
बैठकका उनले तत्कालै नेकपा एमालेको बैठक बोलाउने पनि बताए । उनले सर्वोच्चको फैसलाले सूर्य चिह्न कसको भन्ने भ्रम पनि मुक्त गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्