३२ अर्बमा चिनियाँ गाई 



पाेखरा : गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३ मा फार्म खोल्न लागिएको हो । त्यसका लागि संघ सरकारले स्वीकृत दिइसकेको छ ।

 

प्रदेश सरकारले गाईपालनका लागि आवश्यक प्रक्रिया पूरा भएको भन्दै सहयोगका लागि चीनसँग सम्झौता गर्न पत्राचार गरिसकेको छ । वैदेशिक सहयोग भित्रयाउन संघ सरकारबाट अनिवार्य स्वीकृती लिनुपर्ने संवैधानिक व्यवस्था  छ ।   

गण्डकीका भूमी व्यवस्था , कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले दूध तथा दूधजन्य पदार्थको  हब बनाएर प्रदेशलाई आत्मनिर्भर बनाउने योजनाअनुसार मोडेल फार्म सञ्चालन गर्न लागिएको जनाए । आजको कान्तिपुर दैनिकले प्रथम पृष्ठमा याे समाचार छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्