भक्तपुर : १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले मंगलबार दुई वृद्धलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको हाे ।
पीडित बालिकालार्ई कात्तिक ३ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले ११ गते उजुरी दिएपछि प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको एसपी हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ परीक्षण गरिएको छ ।