तनहुँको देवघाटमा श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगिता



काठमाडौं । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकामा आयोजना गरिएको जोडी दौड प्रतियोगिता सम्पन्न भएको छ । श्रीमतीले श्रीमानलाई बोकेर दौडिने गरी प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।

प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले जानकारी दिइन् । उनका अनुसार प्रतियोगितामा १४ जोडी सहभागी भएका थिए ।

सुन्दा प्रतियोगिता नौलो खालको लागेपनि शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको हो । थापाका अनुसार प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्