१५ सय छात्रालाई प्रदेश २ सरकारद्वारा साइकल प्रदान



महोत्तरी । प्रदेश नम्बर २ को सरकारले एक हजार पाँच सय २० छात्रालाई साइकल वितरण गरेको छ । सोमबार एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर एक हजार पाँच सय २० छात्रालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत निवास मधेश भवनमा साइकल वितरण गरिएको हो ।


सामुदायिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रालाई मुख्यमन्त्री राउतले साइकल वितरण गरेका हुन् । साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भएमात्र प्रदेशको विकास सम्भव रहेको बताए । साथै उनले प्रदेशभरिका सामुदायिक विद्यालयको कक्षा आठमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने तयारी रहेको पनि जानकारी दिए ।

यसअघि प्रदेश सरकारले २०७५÷०७६ मा दुई सय ६१ विद्यालयका १४ हजार छात्रालाई साइकल वितरण गरेको थियो ।

’बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्र्तगत प्रदेशका छोरीहरूलाई शिक्षित र सबल बनाउनको लागि साइकल वितरण गरिएको मुख्यमन्त्री राउतको भनाइ छ ।

कार्यक्रममा एसिड पीडित धनुषाकी आरती साहलाई समेत सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्