दाहाल–नेपाल समूहको निष्कर्ष



काठमाडौं । २४ फागुन । नेकपा दाहाल–नेपाल समूहले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेका छन् ।
नेकपा दाहाल–नेपाल समूहको माओवादी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसला मानेर अलग अलग जाने निर्णय गरेको छ ।
बैठकपछि उक्त समूहका वरिष्ठ नेता झलनाथ खनालले आफूहरु एमाले र माओवादी केन्द्र भएर जाने निर्णय गरेको जानकारी दिए । अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने बैठकले निर्णय गरेको जानकारी दिए ।
‘सर्वोच्च अदालतले जुन फैसला ग¥यो यो राजनीतिक फैसला हो । यसले मुलुकको राजनीतिकमा गम्भीर नकारात्मक स्थिति सिर्जना गरेको छ । तर पनि अदालतले गरेको निर्णयलाई लागू गर्छौं,’ नेता खनालले भने, ‘अब एमाले र माओवादी केन्द्र भइयो । त्यहीँ संघर्ष गर्छौं ।’
बैठकमा अन्य नेताहरुले पनि अदालतको फैसला अनुरुप पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने धारणा राखेको नेता खनालले बताए । आफूहरु एमालेमै रहेर संघर्ष गर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्