प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे बस्ने गरी आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि मन्त्रिपरिषद् बैठक पहिलो पटक बस्दै छ । बैठकका एजेण्डा नभएपनि सरकारको आगामी रणनीतिबारे छलफल हुन सक्ने मन्त्रीहरुले बताएका छन् ।

सर्वोच्चको फैसलालगत्तै प्रधानमन्त्री ओलीले आफू पक्षीय संसदीय दलको बैठक बोलाएर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्