कोमल ओलीले गराइन् रघुजी पन्त विरुद्ध गाली बेइज्जती मुद्दा दर्ता



काठमाडौं । नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी पन्त विरुद्ध मुद्दा दायर गराएकी छिन् । कानुनविद्सँगको परामर्शपछि मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर उनले गाली बेइज्जतीको मुद्दा दर्ता गराएकी हुन् ।

पन्तले आफूविरुद्ध अभिव्यक्त गरेको विचारले मानसम्मानमा चोट पुगेकाले मुद्दा दर्ता गरेको ओलीले बताइन् ।

कोमलविरुद्ध रघुजी पन्तले पिडौंला देखाएर राष्ट्रिय सभा सांसद र पार्टीको केन्द्रीय सदस्य बनेको आरोप लगाएका थिए । सार्वजनिक सञ्चारमाध्यममा वलीको पक्षमा जनतमा बढ्दै गएर आफ्नो आलोचना हुन थालेपछि पन्तले सार्वजनिक रुपमै माफी समेत मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्