पशुपतिनाथमा एक वर्षपछि विशेष पूजा शुरु



काठमाडौं । कोरोना महामारीका कारण गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा पनि महाशिवरात्रिका अवसरमा आजैदेखि शुरु भएको छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर रु एक हजार १०० देखि रु २७ हजारसम्मका विशेष पूजा आजदेखि शुरु गरिएको कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए ।
महाशिवरात्रिका दिन भने पशुपतिनाथ मन्दिरमा रु पाँच हजार ५०० र ११ हजार गरी दुई किसिमका विशेष पूजामात्र गरिने पनि उनले बताए । रु पाँच हजार ५०० पूजा गर्ने दुईजना कर्ता र रु ११ हजार रसिद काटेर विशेष पूजा गर्ने चारजना कर्तालाई पशुपतिनाथ मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ ।
यसैबीच यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको छ ।
पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १०० वटा धार्मिक सङ्घसंस्थाको सहभागिता रहेको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्