सरकार र चिकित्सक संघबीच सहमति



सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ३ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्र यादव र आन्दोलित नेपाल चिकित्सक संघबीच सोमबार राति ३ बुँदे सहमति भएको हो ।

३ बुँदे सहमतिमा मुलुकी अपराध संहिता को दफा २३० को उपदफा ३ खारेज गर्ने, परिच्छेद १९ मा रहेको सबै सजाय र दण्डबारे सम्बन्धित काउन्सिलको छानबिन समितिको प्रतिवदेनका आधारमा निर्णय गर्ने उल्लेख छ । त्यसैगरी उजुरीको म्याद ६ महिना राख्ने र ड्युटीमा रहेका बेला स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा गालीगलौज, हातपात, तोडफोड तथा आगजनी गर्नेलाई विना धरौटी हिरासतमा राख्ने सहमति पनि दुई पक्षबीच भएको छ ।

चिकित्सक संघ मुलुकी ऐन, मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ का चिकित्सासम्बन्धी केही प्रावधानलाई तत्काल संशोधन गर्नुपर्ने माग राखेर केही समयदेखि आन्दोलित भइरहेको थियो । आइतबार मात्रै उसले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र र एप्रोन काउन्सिलमा बुझाएको थियो ।

तर सहमति भएपछि उसले आफ्ना घोषित आन्दोलनका कार्यक्रम १ साताका लागि स्थगन गरेको जनाएको छ । यसअघि चिकित्सक संघले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलन चर्काउने चेतावनी सरकारलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा