आफैं मन्त्री, आफैं ठेकेदार 



सुर्खेत : कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहत पुगेका छन् ।

 

खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रकसन कम्पनीले हाल ६८ करोड ३५ लाख रुपैयाँमा डिभिजन सडक कार्यालय सुर्खेतसँग सम्झौता गरेका ४ योजना निर्माणाधीन छन् ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक ५ गतेको परिपत्रअनसार ती योजना अब प्रदेशसरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण हुनेछन । खत्री साेही मन्त्रालयका विभागी मन्त्रीसमेत हुन् 

 

खत्री सोही मन्त्रालयका बिभागिय मन्त्री हुन् । आजको कान्तिपुर दैनिकले प्रथम पृष्ठमा यो समाचार छापेको छ

प्रतिक्रिया दिनुहोस्