अकोराबको अध्यक्षमा गिरी र महासचिवमा थापा विजयी



काठमाडौं । सामुदायिक रेडियोको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी भारी मतका साथ विजयी भएका छन् ।
विहीबार विहान काठमाडौंमा सम्पन्न सातौं अधिबेशनबाट प्रतिद्वन्द्वी कपिलदेव खनाललाई भारी मतले पछाडी पार्दै गिरी विजयी भएका हुन् । गिरीले एक सय ६१ मत ल्याए भने खनालले १४ मत ल्याए । खसेकामध्ये तीन मत बदर भएको अकोराबले जनाएको छ ।
गिरीको नेतृत्वमा ३२ सदस्यीय नयाँ कार्यसमिति चयन पनि भएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु अवस्थी, मधेशी उपाध्यक्षमा निमेष कर्ण, महिला उपाध्यक्षमा वन्दना दनुवार, जनजाति उपाध्यक्षमा मिलन गाहामगर र दलित उपाध्यक्षमा भुवन सिंह निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा किशोरजंग थापा, सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्षमा सरोज पौडेल चुनिएका छन् । अकोराबमा लोकतान्त्रिक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नेतृत्वमा नेकपा एमाले र जसपालगायत दल निकट पत्रकार गठबन्धन गरेका थिए । नेपालमा तीन सय ५० भन्दा धेरै सामुदायिक रेडियो रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्