टुँडिखेलमा सेना दिवस (फोटोफिचर)



काठमाडौं । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा सेना दिवस मनाएको छ । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा विभिन्न सैन्य कौशल प्रदर्शन गर्दै सेनाले दिवस मनाएको हो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, उपराष्ट्रपति नन्दकिशोर पुन लगायत सहभागी भए । त्यस क्रममा सैनिकहरूले विभिन्न कलाकौशल प्रदर्शन गरेका थिए ।

सेनाको व्यवसायिक कार्यकुशलतासँगै पिटी, तेक्वान्दो, सुट टू किल, कुकलद, रौद्र ताण्डव, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो । सेनाले हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरेको थियो ।
नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गरिन् । सेनाको बढाइँ हेर्न टुँडिखेलबाहिर सर्वसाधारणहरुको घुँइचो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्