जब गैंडा मर्निङ वाकमा निस्कन्छ



चितवन : एकसिंगे गैंडा चितवनबासीका लागि नौलो होइन । चितवन राष्ट्रिय निकुञ्जको वरपर रहेका मध्यवर्ती क्षेत्रका बस्तीमा गैंडा डुल्ने कुरा पनि नयाँ होइन । 

 

तर, केही समययता जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढ बजार नजिकै घना बस्तीमा गैंडा घुम्ने डुल्ने गरेको छ ।

 

भरतपुर महानगरपालिका ३ को बेलचोक बाह्रघरे क्षेत्र मुख्य बजार सहिदचोकबाट डेढ किमि पर छ । त्यही ठाँउमा साँझ र बिहान दिनहुँजसो गैंडा डुल्छ ।

 

आजको कान्तिपुर दैनिकले प्रथम पृष्ठमा यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्