पहिलाे मैत्रीपूर्ण खेलमा नेपालकाे जित



चीन : ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा जिते निकालेकाे छ । मंगलबार बेजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० ले हराएको हाे ।

 

नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले गोल गरेका थिए । १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको टोलीका लागि दीपाले ५५ औं र इन्दिराले ८२ औं मिनेटमा गोल गरेकी थिइन् ।

 

तीन वटा मैत्रीपूर्ण खेलका लागि नेपाली टाेली शुक्रबार चीन पुगेको थियो । अन्तिम खेल नेपाली टोलीले बेजिङ फोनिक्ससँग बुधबार खेल्ने बताइएको छ । त्यसपछि नेपाली टोली नोभेम्बर २ मा चीनबाट ओलम्पिक छनोट खेल्न म्यानमार जानेछ ।

 

नेपाल सम्मिलित ओलम्पिक छनोटको समूहमा भारत, म्यानमार र बंगलादेश छन् । नेपालले ८ नोभेम्बरमा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले पहिलो पटक ओलम्पिकको महिला फुटबल छनोटमा भाग लिन लागेको हो । 

 

नेपाली टाेलीकाे मुख्य प्रशिक्षककाे जिम्मेवारी हरि खड्काले सम्हालेका छन् । त्यसैगरी अर्का प्रशिक्षक मृगेन्द्र मिश्र छन् । 

प्रतिक्रिया दिनुहोस्