दुई ठेकेदारलाई दैनिक डेढ लाख जरिवाना



काठमाडौं – भक्तपुरको कमलविनायकबाट नगरकोट जोड्ने सडक समयमै नबनाउँदा निर्माण व्यवसायीलाई जरिवाना गरिएको छ। कमलविनायक–भत्केको पाटी–नगरकोट सडक निर्माणको ठेक्का लिने शैलुङरएआईपीएल जेभीले (आरामाली इन्फ्रा पावर लिमिडेट) तीन पटक म्याद थप्दासमेत काम नसकेपछि दैनिक जरिवाना गरिएको हो ।

 

सडक आयोजना प्रमुख नरेन्द्रनाथ कोइरालाका अनुसार काम नगरेबापत निर्माण व्यवसायीले २ सय दिन (करिब ७ महिनासम्म) ठेक्का रकमको ० दशमलव ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ । यस हिसाबले दिनको १ लाख ४० हजारका दरले जरिवाना रकम २ करोड ८० लाख हुन्छ । उनले निर्माण कम्पनीलाई दिइने भुक्तानीमा जरिवाना रकम कटाएरमात्र दिइने बताए ।

 

शैलुङ जेभी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी हो भने एआईपीएल भारतीय निर्माण कम्पनी। ‘एक्जिम बैंक इन्डिया’ को सहयोगमा भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली योजनाअन्तर्गत सडक निर्माण थालिएको हो ।

 

दुई वर्षमा काम सक्ने गरी सन् २०१४ जुन ५ मा २८ करोडमा सडक निर्माण सम्झौता भएको थियो । अहिलेसम्म ५० प्रतिशतमात्र काम भएको आयोजनाले जनाएको छ । ‘जेठ मसान्तमा तेस्रोपटक थप गरिएको म्याद सकिएको हो,’ कोइरालाले भने, ‘पटकरपटक म्याद थप्दा २र४ जना मात्र जनशक्ति राखेर काम गरेको पाइयो, जरिवाना लगाएपछि काम गरिरहेको ठेक्का तोड्न मिलेन ।’ जरिवाना लगाएपछि काममा प्रगति भएको उनले बताए ।

 

सडक विभागका प्रवक्ता मुक्ति गौतमले पनि म्याद थप्दासमेत काम नगर्ने ठेकदारलाई जरिवाना गराउँदै आएको बताए । ठेक्का तोडेर नयाँ लगाउँदा झन् धेरै खर्च हुने भएकाले जरिवाना गरेर भए पनि काम दिएको उनले बताए । आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर नरेशराम बाबुका अनुसार निर्माणमा ४९ प्रतिशत शैलुङ र ५१ प्रतिशत एआईपीएलले दायित्व लिएका छन् । अझै १६ किलोमिटर सडक निर्माण बाँकी रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्