प्रहरी नै मोटरसाइकल चोर ?



काठमाडौं : मोटरसाईकल चोरी गर्ने नेपाल प्रहरीका तीन जवान समातिएका छन् । महानगरीय प्रहरी प्रभाग पुल्चोकमा कार्यरत प्रहरी जवान वासिंटन घर्ती र दीपेन्द्र शाही तथा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत इन्द्रजित कडरियालाई पैहरीले चोरी भएको मोटरसाईकलसहित पक्राउ गरेको हो । 

उनीहरुले कात्तिक ५ गते क्षेत्रपाटीबाट बा.५७प २५९९ नम्बरको मोटरसाईकल चोरी गरेका थिए । सिसिटिभी फुटेज अवलोकनपछि मात्रै उक्त चोरीमा प्रहरी जवान संलग्न रहेको पुष्टि भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले मोटरसाईकल चढ्ने रहर पुरा गर्न उनीहरुले सो अपराध गरेको बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्