काठमाडौं – यसपटकको तिहारमा विद्युत उपभोग भरपूर गर्न पाइने छ । आज घटना र विचार साप्ताहिक दैनिकमा यो खबर छ – नेपाल विद्युत प्राधिकरणले पर्याप्त विद्युत रहेकाले उपयोग बढाउन आग्रह गरेको हो ।
तीन बर्ष अघिसम्म १८ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य नेपालीका लागि यसपटक भने पर्याप्त विद्युत उपयोग गर्न प्राधिकरणले नै आग्रह गरेको छ । यस बर्षको लक्ष्मीपूजाका लागि १ हजार २ सय ५० मेगावाट विद्युत तयारी अवस्थामा राखेको छ ।