वाइड बडीका कारण ऋणमा डुब्दै निगम 



काठमाडाैं : व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋणै ऋणमा डुब्दै गएको  छ । सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । यो दैनिक एक करोडभन्दा माथि हो ।

 

अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए । त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघेको छ । कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य तय भएको छैन । 

जापान, चीन, कोरिया, अस्ट्रेलियालगायत लामो दूरीमा कसैले पनि अनुमति दिएको छैन । राम्रो कमाइ गरिरहेका अघिल्ला जहजकै ‘सेक्टर’ यिनले खोसेका छन् । यसले गर्दा ‘न्यारो बडी’को कमाइ पनि घटेको छ । स्रोत भन्छ, ‘यही अवस्था रहिरहे एक वर्षमा निगम टाट पल्टिन सक्छ । 

आजको अन्नपूर्ण पोष्ट् दैनिकले यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्