काठमाडौँ । देशका पहाडी भू–भागका केही स्थानमा आज (शुक्रबार) मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान गरिएका छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।
हालको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले अहिले देशका विभिन्न भूभागहरुमा आंशिक र सामान्य बदली भइरहेको जनाएको छ ।
यसैगरी, महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भूभागको थोरै स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।
यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।