सर्लाही घटनामा प्रशासन गैरजिम्मेवार भएकाे भन्दै स्थानीय अाक्राेशित



सर्लाही :  जिल्लाकाे रामनगर गाउँपालिका मंगलबार भएकाे नेकपा र कांग्रेसका कार्यकर्ताबीचकाे झडपमा गोली चल्दा एककाे मृत्यु भएकाे छ । घटनामा एकै पक्षका सात जना घाइते छन् ।

 

गोली लागेर मृत्यु भएका रामनगर गाँउपालिका ४ बौहर्वाका वडाध्यक्ष रामनरेश महतोका काका ५५ बर्से काका रामविलास महतो हुन् । गोलीको छर्रा लागेर सोही स्थानका महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो र मुकेशप्रसाद महतो घाइते भएका थिए ।

 

बिहान साढे ७ बजेतिर नेकपाका करिब ३ सय कार्यकर्ताले घरघरमा छिरेर एक्कासि आक्रमण सुरु गरेका स्थानीय राकेशप्रसाद गुप्ताले जानकारी दिए । वडाध्यक्षलाई नेकपा कार्यकर्ताले दबाबामा राखी काम गर्न भनेका थिए । नमानेपछि उनीहरुले वडाध्यक्षमाथि कुटपिट गरेका थिए ।

 

कुटाइका कारण वडाध्यक्षकाे खुट्टा भाँचिएकाे र टाउकाेमा गम्भीर चाेट लागेकाे छ । अाफ्ना कार्यकर्ताकाे हत्या हुँदासमेत प्रशासनले दाेषी पक्रन नसकेकाे भन्दै अाक्राेश व्यक्त गरिएकाे छ ।  

 

आजका विभिन्न पत्रपत्रिकाले याे समाचार प्राथमिकताका साथ छापेका छन् 

प्रतिक्रिया दिनुहोस्