डढेलो निभाउन जाँदा जलेर एकजनाको मृत्यु, दुई घाइते 



सल्यान : सल्यानमा सामुदायिक वनमा लागेको डढेलो निभाउन जाँदा स्थानीय ६५ वर्षीया पेन्टी बोहराको जलेर मृत्यु भएको छ। छत्रेस्वरी गाउँपालिका ६ तुसारे सिमपानीस्थित इन्द्रेनी सामुदायिक वनमा लागेको आगोले बस्ती छुन थालेपछि डढेलोे निभाउन गएका उनको जलेर मृत्यु भएको हो।

आगो निभाउन गएका अरू त्यही ठाउँका ४२ वर्षीय खगेन्द्र बोहरा र मायादेवी बोहरा घाइते भएका छन्।  घाइते दुवैलाई उपचारको लागि जिल्ला अस्पताल सल्यान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताए।

भीषण आगलागी भएकाले नियन्त्रण गर्न निकै समस्या भएको बताइएको छ। आगो नियन्त्रण गर्न नेपाली, सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय लागि परेका छन्।

 

प्रतिक्रिया दिनुहोस्