दैलेखमा मिनी ट्रक दुर्घटना : चालकको मृत्यु, सह-चालक गम्भीर



दैलेख : जुम्लाबाट सुर्खेत जाँदै गरेको भे १ क १०८४ नम्बरको मिनी ट्रक दैलेखको गुराँस गाउँपालिका ४ सियाकोट नजिक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सुर्खेतको लेकवेशी नगरपालिका १० का २८ वर्षीय शेरबहादुर थापाको मृत्यु भएको हो। सहचालकको भने नाम र ठेगाना खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलका अनुसार घाइतेको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। मिनी ट्रक मोड्ने क्रममा सडकदेखि १ सय मिटर तल खसेको बुझिएकोछ।

प्रतिक्रिया दिनुहोस्