पोखरा प्रिमियर लिगः चितवन राइनोज र धनगढी ब्लुजबीच खेल जारी



पोखरा : पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा अहिले चितवन राइनोज र धनगढी ब्लुजबीच प्रतिस्पर्धा भइरहेको छ । धनगढीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले अहिले ब्याटिङ गरिरहेको छ ।

पोखरा रंगशालामा बिहान ९ बजेदेखि सुरु भएको खेलमा कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई आजको खेल जित्नै पर्ने दबाव छ ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा सन्दीप लामिछानेको विराटनगर र सोमपाल कामीको बुटवलबीच प्रतिस्पर्धा हुँदैछ ।  सन्दीप लामिछानेको टिम विराटनगर लगातार ३ खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरी सकेको छ भने सोमपाल कामीको बुटवललले लगातार २ खेलमा जित हात पारेको छ ।

लिगको शीर्ष स्थानमा बुटवल रहेको छ । बुटवलले २ खेलमा शतप्रतिसत जित हात पार्दै २ अंक बनाउँदा ३ खेलबाट एक खेलमा हार र २ खेलमा जित हात पारेको पोखरा पल्टन दोस्रो स्थानमा छ । त्यस्तै, २ खेलमा शतप्रतिशत जित निकालेको काठमाडौं रोयल्स तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्