पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु



रुकुम : रुकुम (पश्चिम)मा पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका–६ भण्डारीकाँडामा कुखुरा बोक्ने पिकअप दुर्घटना हुँदा त्रिवेणी गाउँपालिकाका अन्दाजी ४० वर्षीय लिलबहादुर बाँठाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

रुकुम (पूर्व)को रुकुमकोटबाट रुकुम (पश्चिम)को मुसीकोटतर्फ आउँदै गरेको लु१च ७५१४ नम्बरको गाडी शनिबार अपरान्ह ४ बजेतिर दुर्घटना भएको थियो। दुर्घटनामा परी गाडी चालक रुकुम (पूर्व)को सिस्ने गाउँपालिका २ प्वाङका तिलक खड्का घाइते भएका छन्।

घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए। खड्काको जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ। घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ। 

प्रतिक्रिया दिनुहोस्