जनकपुरमा फ्लाइ अाेभर ब्रिज निर्माण गरिने



जनकपुरधाम : जनकपुरको पिडारी चोकमा रेल्वे लिक क्रस गर्न अत्याधुनिक फ्लाइ ओभर ब्रिज (पुल) निर्माणका लागि पहल थालिएको छ ।

 

फ्लाइओभर पुलको स्केच भौतिक पूर्वाधार मन्त्रालयका इञ्जिनियरले तयार पारेको छ । जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत पिडारी चोकमा रेल्वे लिकमा आवतजावत सहज बनाउन पm्लाइ ओभर ब्रिज निर्माणको ड्राफ्ट डिजाइन तयार गरिएको हो।

 

जनकपुर–ढल्केबर ६ लेन सडकलाई जनकपुरको पिडारी चोकमा क्रस गराई ब्रोडगेज रेल्वेको लिकमाथि पिडारी चोकदेखि रेल्वे क्रससम्म हाइवे ट्राफिक म्यानेज गर्ने उद्देश्यले फ्लाइ ओभर ब्रिज निर्माणका लागि ड्राफ्ट डिजाइन जिओकम इन्टरनेशनल प्रालि ललितपुरले गरेकोे हो ।

 

रेल्वे लिक क्रस गर्न जनकपुरमा ४ लेनको ९ सय ३ मिटर लामो फ्लाइ ओभर ब्रिज निर्माणको डिजाइन तयार गरिएको छ । इक्सट्रा डोजड ब्रिज २ सय ३ मिटर र एमएसइ वाल टेक्नोलोजीमा दाँया बाँया गरी ७ सय ५० मिटर र्याम्प निर्माण गरी ९ सय ३ मिटर लामो प्लाइ ओभरको डिजाइन तयार गरिए सडक विभागमा बुझाएको हो।

 

नेपालमा पहिलो पल्ट जनकपुरमा कम खर्चिलोमा आकर्षक देखिने फ्लाइ ओभर ब्रिज भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको पहलमा डिजाइन तयार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्