उखु किसानको ६४ करोड रुपैयाँ नर्तिने अग्रवाल काठमाडाैंबाट पक्राउ, जिल्ला पठाउने तयारी



काठमाडौं: उखु किसानको कराेडाैं रकम नतिर्ने व्यापारी राकेश अग्रवाल काठमाडाैंबाट पक्राउ परेका छन् ।  किसानको झण्डै ४६ करोड रुपैयाँ नतिरेका अग्रवालले किसानहरुको जाहेरीका आधारमा अग्रवाललाई आज बिहान काठमाडौ प्रहरीले पक्राउ गरेको हो । 

 

उनलाई काठमाडौंको त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको काठमाडौ प्रहरीले जनाएको छ । किसानको पैसा नतिरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयले अग्रवाललाई पक्राउ गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको थियो ।

 

दुवै मन्त्रालयको आग्रह बमोजिम गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा व्यापारी अग्रवाललाई किसानहरुको पैसा तिरिदिन ताकेता गरेको थियो । तर, प्रशासनको ताकेतापछि पनि अग्रवालले पैसा नतिरेपछि पक्राउ गर्न गृहले निर्देशन दिएको हो गृहमनत्रालय श्रोतले जनाएको छ । 

 

अग्रवालले सञ्चालन गरेको इन्दिरा सुगर एण्ड एग्रो प्राली नवलपरासीले ८ करोड र अन्नपूर्ण सुगर मिल्स प्राली सर्लाहीले ३८ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको बुझिएको छ । काठमाडौ प्रहरीले अग्रवाललाई आजै जिल्ला पठाउने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्