कांग्रेस उपसभापति निधिसहित केन्द्रीय नेता सर्लाहीतर्फ



काठमाडाैं : सर्लाहीमा मंगलबार नेकपा र कांग्रेस कार्यकर्ताबीच भएकाे झडपमा क्रममा कांग्रेस वडाध्यक्षका काका रामविलास महताेकाे मृत्यु भएपछि घटनाबारे जानकारी लिन कांग्रेस केन्द्रीय नेताहरु त्यसतर्फ लागेका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा नेताहरु घटनास्थलतर्फ जाँदै छन्।

 

उपसभापति निधिका साथ नेताहरु जितेन्द्र देव, महेन्द्र यादव जाँदै छन्। कांग्रेस नेताहरु घटनास्थल पुगेर मृतकका परिवार तथा घाइतेहरुलाई भेट्ने कार्यक्रम छ।

 

घटनास्थलमा प्रदेश २ का ८ वटै जिल्ला सभापति, केन्द्रीय सदस्य तथा कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरु उपस्थित हुनेछन्।

 

सर्लाही क्षेत्र नम्बर ४ स्थिति रामनगर गाउँपालिका–४ का रामविलास महतोलाई नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरेका थिए। सो झडपमा कांग्रेसका ७ जना कार्यकर्ता घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्