प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु‚ दुई घाइते



काठमान्डौं । प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मच्छी बजारबाट निर्माण सामग्री बोकेर बादीकोट जाँदै गरेको लु ३ त १०८३ नम्बरको ट्याक्टर झिमरूक गाउँपालिका–३ डोहोटेपानीमा मंगलबार राति दुर्घटना भएको थियो । दुर्घटनामा झिमरुक–२ कमिरेपानीका २९ वर्षीय धर्बिन्द्र रामतको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै‚ ३४ वर्षीय प्रेम सामत र २० वर्षीय कृष्णा क्षेत्री घाइते भएका छन् ।

सामतलाई उपचारका लागि बुटवल लगिएको र क्षेत्रीको जिल्ला अस्पताल प्युठानमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिए । ट्रयाक्टर सडकबाट झन्डै तीस मिटर तल खसेको छ । ट्रयाक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्