गायक बप्पी लहरीलाई कोरोना संक्रमण



एजेन्सी– बलिउडका चर्चित गायक बप्पी लहरीलाई कोरोना संक्रमण भएको छ । उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ । उनको छोरी रीमा लहरीले यसको जानकारी दिएकी हुन् ।

उनीमा हल्का कोरोनाको लक्षण पनि देखिएको बताइएको छ ।

लहरी बलिउडका चर्चित गायक हुन् । उनले हाल सम्म ५ सय भन्दा बढी गीत कम्पोज पनि गरिसकेका छन् । पप म्यूजिकलाई बलिउडको अहम हिस्सा बनाउनुपछिको श्रेय पनि लहरीलाई जान्छ । उनीका गीतहरू चर्चामा त रहन्छन् नै धेरै सुन लगाएका कारण पनि उनको चर्चा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्