गीतकार थापाको ‘थाहा छैन’ म्यूजिक भिडियो सार्वजनिक



काठमाडौं । गीतकार सन्तोष जंग थापाद्धारा लिखित ‘थाहा छैन’ नामक म्यूजिक भिडियो काठमाडौंको कपन स्थित फलैचा रेष्टुरेन्टमा एक कार्यक्रम गरि विमोचन गरिएको थियो । काठमाडौको चावहिलस्थित फलैचा रेष्टुरेष्न्टमा आयोजित एक कार्यक्रमका बीच थाहा छैन मेल भर्सनको भिडियो सार्वजनिक गरिएको हो ।

नेपाली समाजमा मायामा परेकाहरुलाई कसरी परिभाषित गरिन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । हाम्रो नेपाली समाजमा युवा युवतिहरु मायामा कसरी तड्पिएर वाच्दा रहेछन भन्ने दुखलाई गीत संगीतमा अभिनयकोे माध्यमबाट प्रस्तुत गरिएकोमा संगीतकार तथा गाायक नरहरि श्रेष्ठ र फोटोपत्रकार प्रदिप वन्तले खुसी व्यक्त गरेका थिए ।

गीतकार सन्तोष जंग थापाद्धारा रचित ‘थाहा छैन’ नामक गीत गायक रोसन राईले गाएका छन भने, भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल मुना राई र गायक तथा मोडल टम्पशेर राईको अभिनय रहेको छ । गीतको छायाँङ्कन रामकृष्ण चौलागाईले गर्नु भएको छ भने संगित तथा भिडियो निर्देशन आसिक राईले गर्नु भएको छ । म्यूजिक भिडियो रन्जु राई मिनाले निर्माण गर्नु भएको हो साथै उक्त म्यूजिक भिडियो सद्भाव टिभि नेपाल यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

यस अघि थाहा छैन फिमेल भर्सनमा लोकप्रिय गायिका अन्जु पन्तले गाएको गीतले युटयुबमा राम्रो भ्यूज बटुल्न सफल भएको छ ।

भिडियो हेर्नुहोस् ः

प्रतिक्रिया दिनुहोस्