सिम्रौनगढमा २४० वर्ष पुरानो कलात्मक इँटा फेला



वीरगञ्ज । बाराको सिम्रौनगढमा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ ।
पुरातत्व विभाग काठमाडौँले प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित जानकी मन्दिरको जीणोद्वार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो ।
सो इँटा विसं १८३५ देखि १९३५ को हुनसक्ने बताइएको छ । फेला परेको उक्त इँटामा विसं उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले जानकारी दिए ।
उक्त इँटा फेला परेपछि त्यहाँ विसं १९३५ भन्दा पहिलेदेखि नै मन्दिर रहेको अनुमान गरिएको छ । सो ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको रुपमा रहेको सिम्रौनगढका उचित संरक्षण हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्