बाँके र काठमाडौंबाट ब्राउनसुगरसहित २ जना पक्राउ



काठमाडौं: बाँके र काठमाडौंबाट लागू औषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिका–३ हिरमनियाबाट भारत बहराइच रुपैडिया थाना बस्ने १८ वर्षीय साहरे आलमलाई लागूऔषध ८९ ग्राम ब्राउन सुगरसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

 

लागूऔषध नियन्त्रण क्षेत्रीय ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागू औषधसहित फेला पारी आलमलाई पक्राउ गरेको हो । 

 

यस्तै, काठमाडौं टोखा बस्ने मोरङ बेलबारी नगरपालिका–८ का २७ वर्षीय सरोजकुमार थापालाई  लागूऔषध चरेश १ सय २७ ग्राम, फेनारगन ६ एम्पुल, डाईजेपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल,आइएसडी ९ थान, आइसिई जस्तो पदार्थ १.५ ग्राम, हाल नाम नखुलेको सेतो धुलो ५ सय ग्राम र १० हजार रुपैयाँसहित मंगलबारै प्रहरीले पक्राउ गरेको छ । 

 

काठमाडौं महानगरपालिका–२६ ठमेलमा बा.९४ प ३५४१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार थापाको साथबाट लागूऔषध फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्