१० किलो गाँजासहित ३ जना पक्राउ



पर्सा । लागुऔषधसहित पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरका राक्सिराङ् गाउँपालिका ६ खर्लिङ बस्ने ४३ वर्षीय जयबहादुर गोले, ३५ वर्षीय बिष्णुमाया तामाङ र मनहरी गाउँपालिका ८ बस्ने मुईया परियार छन ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरीको टोलीले वीरगञ्ज २१ परवानीपुरबाट आउदै गरेका तीनै जनलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीकाअनुसार उनीहरुले बोकेको झोलालाई चेकजाँच गर्दा १० किलो लागुऔषध गाँजा बरामद भएपछि पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुमाथि लागुऔषधसम्बन्धि कसुर मुद्दामा आवश्यक अनुसन्धान भइरहेको पनि प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्