मेयरहरुले गरे उपत्यकालाई संसारकै उन्नत सहर बनाउने सामूहिक प्रतिवद्धता



काठमाडाैं : काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन, सडक सञ्जाल, साझा नदीको उपयोग व्यवस्थापन, कर प्रणाली, पुरातात्विक तथा सांस्कृतिक पद मार्ग निर्माणलगायतका क्षेत्रमा साझा सोच, कार्यक्रम र योजना निर्माण गरी एकीकृत पद्धतिबाट काम गर्ने लक्ष्यसहित उपत्यकाका महानगर र नगरपालिकाले सामूहिक प्रतिवद्धता अघि बढाएका छन् ।

 

उपत्यकामा रहेका १८ ओटा महानगर र नगरपालिकाले उपत्यका नगरपालिका फोरम बनाएर यस्तो प्रतिवद्धता अघि बढाएका हुन् ।काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य संयोजक रहेको उपत्यका नगरपालिका फोरमले ललितपुरमा पहिलो विस्तारित बैठक सम्पन्न गर्दै उपत्यकालाई संसारकै उन्नत सहर बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।

 

बैठकमा काठमाडौं उपत्यकाको प्राकृतिक विशिष्ठता र यसको गरिमालाई मानवीयक्रियाकलापबाट जोगाएर संसारकै उन्नत सहर निर्माणगर्ने विषयमा छलफल भएको मेयर शाक्यले जानकारी दिए । बैठकमा फोहोरमैला व्यवस्थापनका विषयमा बढी केन्द्रित भएर छलफल गरेको पनि मेयर शाक्यले जानकारी दिए ।

 

बैठकमाफोहोरमैला व्यवस्थापनको दिगो समाधानका लागि उपत्यकाका नगरको एउटै धारणा बन्नुपर्ने, त्यसका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गर्नेलगायतका विषयलाई महत्वका साथ उठाएको शाक्यले जानकारी दिए ।

 

बैठकले मानवर समग्र चराचर जगतको अन्तःस्करणलाई आहतगर्ने अवस्थालाई न्यूनीकरणगर्न तथाकाठमाडौं उपत्यकाको समुन्नति र समृद्धिकालागि स्वच्छहावामा सास फेर्न, शुद्धपानीपिउन,शान्त र सौम्य पर्यावरणमा रम्न पाउने तथाउर्वर र हरियालीयुक्तजमिनतथाजलचरको सुरक्षितआश्रयस्थल सहितको स्वच्छनदी र यसको उपयोगलाईन्यूनतममापदण्डमानेर घोषणा जारी गरेको हो ।

 

बैठकपछि जारी गरेको नौँ बुँदे विज्ञप्तिमा काठमाडौं उपत्यकाको वातावरणीय प्रदूषणलाई न्युनीकरण गरी बस्न योग्य, जीवन्त तथा उन्नत सहर बनाउन महानगरपालिका-नगरपालिकाहरु संयुक्त तथा एकल रुपमा कार्य गर्ने, वातावरण सम्बन्धी नीति, कानुन र मापदण्ड तर्जुमा गर्न तथा प्रभावकारी कार्यान्वयन गरी प्रदुषण घटाउनसंस्थागत संरचनाहरु परिचालित गर्ने उल्लेख गरिएको छ ।

 

‘स्वच्छ वातावरणमा नवजीवनका लागि अत्यावश्यक भएकोले काठमाडौं उपत्यकाको हालको प्रदुषणको मात्रालाई क्रमशः न्यूनीकरण गर्दै जानेछौं,’ नौँ बुँदेमा भनिएको छ, ‘स्स्वच्छ तथा स्वस्थ वातावरण मानवको मौलिक हक तथा नैसर्गिक अधिकार भएकोले यसतर्फ काठमाडौं उपत्यका भित्रका स्थानीय सरकारहरु सचेत, संवेदनशील र मानव हित प्रबद्र्धन गर्न कटिबद्ध छौँ ।’

 

बैठकमा नगरपालिका यातायात गुरुयोजना, सडक यातायात, करको दर र एकरुपता कायम गराउने विषय, जग्गा विकास आयोजना सञ्चालन, खरिद ऐनमा एक रुपता, प्रदुषण नियन्त्रण प्रयास, प्रदुषण शुल्क र यसको उपयोग, सामुदायिक र सरकारी बन, नियमावली निर्माण र कार्यान्वयनजस्ता विषयमा पनि गहन छलफल भएको थियो । बैठकमा उठेका विषयहरुमध्ये कतिपय नीतिगत व्यवस्था गर्नु पर्ने र कतिपय कार्यान्वयन गर्नु पर्ने भएकोले विषयलाई कार्यसमितिले बर्गीकरण गरेर आगामी बैठकमा प्रस्तुत गर्ने तयारी गरेको पनि उपत्यका नगरपालिका फोरमले जानकारी दिएको छ ।

 

उपत्यकाको दिगो विकासका लागि साझा धारणा तय गर्ने भन्दै गत भदौ २२ गते उपत्यका नगरपालिकाका प्रमुख र उप–प्रमुखको भेलाले उपत्यका फोरमको गठन गरेको हो । ११ सदस्यीय कार्य समिति रहेको फोरमको उप–संयोजकमा ललितपुर महानगरका उप–प्रमुख गीता सत्याल र सचिवमा मध्यपुर ठिमी नगरका प्रमुख मदनसुन्दर श्रेष्ठ रहेका छन् ।

 

कार्यसमिति सदस्यमा काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख धनश्याम गिरी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल र टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल,ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्