बालिका बलात्कारको आरोपमा पक्राउ



वीरगञ्ज : पर्सामा एक १२ बर्षीय बालिका बलात्कारको शिकार भएकी छन । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनकि १२ बर्षीय बालिका बलात्कारका शिकार भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भारतको पश्चिमी चम्पारण बेतिया ग्राम पञ्चायत सुखलही अशोकवा पिपरा निवासी सुरज रामले आफ्नै दाईकी सालीलाई बलात्कार गरेका हुन् । रामलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्