कर्णाली प्रदेशमा संकट : एमालेका मन्त्रीहरुले भोलि राजीनामा दिने



काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । मन्त्रीहरुले मंगलबार राजीनामा दिने भएका हुन् । आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले राजीनामा दिने टुंगोमा पुगेको बताए ।
कर्णाली प्रदेशको संसदीय दलको बैठक पनि भोलि बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । दलको बैठक अघि नै मन्त्रीहरुले राजीनामा बुझाउने तयारी भएको प्रमुख सचेतक शाहले बताए । तर, मन्त्री ज्वालाले भने राजीनामा दिने यद्यपि मिति भने तय भइनसकेको बताए ।
आइतबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरुले राजीनामा दिने र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।
कर्णाली प्रदेशमा एमालेबाट ज्वालासँगै सामाजिक विकास मन्त्री दल बहादुर रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दलबहादुर रावल छन् ।

प्रतिक्रिया दिनुहोस्