मेयर कप महिला क्रिकेट: एपीएफ १० विकेटले विजयी



काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले अपराजित यात्रा कायम राखेको छ । मंगलबार भएको खेलमा एपीएफले ललितपुर मेयर–११ लाई १० विकेटले पराजित गर्‍यो ।
त्रिवि क्रिकेट मैदानमा ललितपुर मेयर–११ ले दिएको ६७ रनको लक्ष्य एपीएफले ९ ओभर १ बलमा विनाविकेटको क्षतिमा पूरा ग¥यो । एपीएफका लागि राजमती ऐरीले ३३ रन बनाइन् । त्यस्तै, इन्दु बर्माले २८ रनको योगदान गरिन् ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो ।
ललितपुर मेयर–११ का लागि कञ्चन श्रेष्ठले सर्वाधिक १७ रनको योगदान गरिन् । त्यस्तै, सरस्वती कुमारीले १२ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ एपीएफका लागि विनु बुढाले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै, रेखा रावलले २ विकेट लिँदा सुमन विष्ट, करुणा भण्डारी र सीता रानामगरले समान एक÷एक विकेट लिए । एपीएफले लगातार तीन खेलमा जित निकाल्दै फाइनल सम्भावनालाई जीवित राखेको छ ।

प्रतिक्रिया दिनुहोस्