कांग्रेसले भरतकुमार शाहलार्इ प्रतिनिधिसभा सार्वजिनक लेखा समितिमा पठाउने



काठमाडाै‌ : पूर्व अर्थराज्यमन्त्री भरतकुमार शाह प्रतिनिधिसभाअन्तर्गतको लेखा समितिको सभापति बन्ने पक्काजस्तै भएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले शाहलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

 

दलहरुबीचको सहमतिअनुसार समितिमा शाहको मात्र एकल उम्मेद्वारी पर्न लागेको हो। सभापति चयनका लागि आज मनोनयन दर्ता हुदैँ छ ।

 

शाह २०५६ साल यता तेश्रो पटक उनी सांसद बनेका हुन्। उनले लगातार लेखा समिति रोज्दै आएका छन्। शाह २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री भएका थिए।

 

२०२७ सालबाट कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका शाहले त्रिभुवन विश्वविद्यालयमा २०३८ सालमा एमबीए गरेका छन्।

प्रतिक्रिया दिनुहोस्