निर्मलाकाे निम्ति न्याय : हत्यारा खोजीको माग गर्दै परिवारसँगै नागरिक समाज प्रदर्शन



कन्चनपुर: निर्मला हत्याकाण्डकाे दाेषी पत्ता लगाई कारबाही गर्न माग गर्दै निर्मलाकाे परिवारसहित नागरिक समाज कैलाली र कञ्चनपुरकाे टाेलीले मुख्यमन्त्री कार्यालय परिसरमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा निर्मलाकाे बुबा, अामा, बहिनी र भाइसमेत सहभागी छन्। 

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो। घटनाकाे ३ महिना बितिसक्दासमेत दाेषी पत्ता लाग्न सकेकाे छैन। 

प्रतिक्रिया दिनुहोस्