फिल्म ‘रीत’को शुभ मुहूर्त



काठमाडौंँ । फिल्म ‘रीत’ निर्माण हुने भएको छ । फिल्म फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गर्न लागेको हो । फिल्मको शुभ मुहूर्त पूर्व खानेपानी मन्त्री विना मगरले गरेकी छन् ।

पूर्वराज्य मन्त्री श्रीप्रसाद जबेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भीम थेबे, उदय सुब्बा, असली वनेम, दिलिप योङहाङलगायत कलाकारको अभिनय रहने फिल्म दिनेश लिङदेनले निर्देशन गर्न लागेका हुन् ।

ताप्लेजुङ, पाँचथर र इलाममा छायाँकन हुने फिल्ममा मान तबेबुङ, अशोक राई र बिबि लिम्बुको संगीत रहेको छ ।

सागर केरुङको कथा, पटकथा र संवाद रहेन फिल्ममा राम नेयोङ लिम्बु र सन्जिपकुमार लिङ्देनको लगानी रहनेछ भने विक्रम पयाङ्गु र धनराज खड्का सह–निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्