इन्डोनेसियामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५० भन्दा बढी



एजेन्सी । इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५० भन्दा बढी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।

यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका थिए । यस प्रकोपबाट इन्डोनेसियामा १३० र इस्ट टिमोर २७ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले मङ्गलबार बिहान बताउनुभएको छ । इस्ट टिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ ।

इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराएका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले मङ्गलबार जानकारी दिएका छन् । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्