स्वास्थ्य सहसचिव डा. लामिछानेकाे राजिनामा किन ?



काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. विकास लामिछानेले सरकारी सेवाबाट राजीनामा दिएका छन् ।

 

यसअघि स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका डाक्टर लामिछानेलाई डाक्टर पुष्पा चौधरी स्वास्थ्य सचिव हुँदा मन्त्रालय तानिएको थियो ।

 

झण्डै ३ महिना पहिला मन्त्रालयमा आएका सहसचिव लामिछानेले अहिलेसम्म कुनै पनि जिम्मेवारी नदिएको कारण राजीनामा दिएको बुझिएको छ । मन्त्रालयको कामप्रति रुष्ट हुँदै आएका डा. लामिछानेले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा दिएको बुझिएको छ ।  

प्रतिक्रिया दिनुहोस्