सुदूरपश्चिमका ९ जिल्लामा खनाल–नेपाल समूहको समानान्तर कमिटि



काठमाडौँ । नेकपा एमालेको नेपाल–खनाल समूहले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा समानान्तर कमिटि बनाएको छ ।
नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता भीम रावलको सक्रियतामा ९ जिल्लामा बुधबार समानान्तर कमिटि गठन भएको हो । ६ जिल्लामा यसअघि नै सो समूहका अध्यक्ष थिए ।
समानान्तर कमिटिको अध्यक्षमा क्रमशः डडेल्धुरामा डा. तारा जोशी, डोटीमा चक्र मल्ल, बझाङमा दिलबहादुर सिंह, बैतडीमा महादेव भट्ट र बाजुरामा गगन रावल चयन भएको नेता भीम रावलले जानकारी दिए ।
दार्चुलामा यसअघि उपसचिव रहेका ज्ञानेन्द्र घर्ती समानान्तर कमिटिको अध्यक्ष बनेका छन् । यस्तै अछाममा समानान्तर कमिटिको अध्यक्ष शेरबहादुर कुँवर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्