आर्मी प्रारम्भिक छनोटको दोस्रो चरणमा



काठमाडौँ । एएफसी कप २०२१ मा श्रीलंकाको पुलिस एससीलाई नेपाल आर्मीले सजिलै ५–१ ले हराएर प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । आर्मीले एक गोलले पछाडि रहेको स्थितिमा आकर्षक जित निकालेको हो र अब दोस्रो चरणमा भारतको इन्डियन सुपर लिग (आईएसएल) टिम बेंगलुरु एफसीको सामना गर्नेछ ।
सुरुआती अग्रताका बाबजुत श्रीलंकाली पुलिसको प्रदर्शन कमजोर देखियो । अब दोस्रो चरणमा आर्मीको प्रतिद्वन्द्वी भारतीय कप्तान सुनिल क्षेत्रीको नेतृत्वमा रहेको बेंगलुरु रहेको छ र त्यसमा आर्मीले कडा चुनौती पेस गर्नु पर्नेछ । प्रारम्भिक छनोटको दोस्रो चरणको खेल एक सातापछि बेंगलोरमा हुनेछ र यो खेल अप्रिल १४ मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्